१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टेबलटेनिसमा पुलिस क्लब बन्यो च्याम्पियन


२ कार्तिक २०७९, बुधबार  

0
Shares

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

बुधबार सम्पन्न प्रतियोगितामा पुलिस क्लब ६ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो । पुलिसले दुई रजत र चार कास्य पदकसमेत जितेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो स्थान हासिल गर्न सफल भयो ।

यसैगरी एक रजत र दुई कास्य प्राप्त गर्दै बागमती प्रदेशले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दुई कास्यका साथ चौथो तथा गैर आवासी नेपाली संघ (एनआरएनए) र प्रदेश नं १ ले समान दुई कास्य प्राप्त गर्दै प्रतियोगितामा पाँचौँ भए ।

गण्डकी प्रदेशले एउटा कास्य पदक प्राप्त गर्दै प्रतियोगितामा छैटौँ भयो । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी र मधेश प्रदेश टेबलटेनिसमा जितबिहीन बन्न पुगेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ