१ आश्विन २०८३, बिहिबार । September 17, 2026

महिला चार सय मिटर दौडमा आर्मीलाई स्वर्ण


२ कार्तिक २०७९, बुधबार  

0
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला चार सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ ।

आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक हात पारेको हो । आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९ दशमलव ६० सेकेन्डमा दूरी पार गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्तीले ५२ दशमलव ७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक प्राप्त गरेका हुन् ।

बागमतीका लागि रजिता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२ दशमलव ७६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जितेका छन् । त्यस्तै पुरुष चार सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२ दशमलव ४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै आर्मीका जीवन चौधरी, विवश थारू, युवराज विक र डिल्ली भण्डारीले ४२ दशमलव ६० सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक हात पारे । लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारू र तुल्सीराम थारूले ४४ दशमलव ३८ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जितेका हुन ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ