एजेन्सी । भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् । बीसीसीआई सचिव जय शाहले सामाजिक सञ्जालमार्फत गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गरेका हुन् । केही समययता मुख्य प्रशिक्षकको जिम्मेवारीका लागि गौतम गम्भीरको नाममा चर्चा चलिरहेको थियो । गत संस्करणको आईपीएलमा गम्भीरले मेन्टरिङ गरेको कोलकाता नाइट राइडर्सले उपाधि जितेको थियो ।…