काठमाडौं । सोलुखुम्बुको सुर्कीबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । विहान १० बजे सुर्की हेलिप्याडबाट उडेको ९ एनए-एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको जनाइएको छ । हेलिकप्टरको खोजी कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।