एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको छ । शनिबार राति भएको दोस्रो खेलमा दिल्लीले १ सय ८२ रनको विजय लक्ष्य १६ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा डेभिड वार्नर र फिल साल्टले ६० रनको महत्वपूर्ण साझेदारी गरे । वार्नर १४ बलमा २२ रन बनाएर…