२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहीबार बेलुका मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् । बिहीबार प्रदेसभाबाट विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री शाह बहुमत जुटाउन असमर्थ रहेपछि राजीनामा दिने अवस्थामा पुगेका हुन् ।