२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

पहिरोले कान्ति लोकपथ अवरूद्ध

ललितपुर । ललितपुरको कान्ति लोकपथमा पहिरो खस्दा सडक अवरूद्ध बनेको छ। सोमबार बिहान बागमती गाउँपालिका–३स्थित कान्ति लोकपथमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनका अनुसार ठूलो ढुंगासहितको पहिरो खसेर सडक अवरूद्ध बनेको हो। मकवानपुर जाने उक्त सडक खुलाउन डोजर पठाइएको छ। अहिले सडक खुलाउने प्रयास भइरहेको छ।