विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदिय दलको नेता छान्न शुक्रबार निर्वाचन हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि निर्वाचन मार्फत संसदिय दलको नेता चयन हुने भएको हो । दलको नेताका चार जना आकाँक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गर्नुपर्ने भएको हो । कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति…