७ चैत्र २०८२, शनिबार । March 22, 2026

चन्द्रपुरमा बस दुर्घटना, १० यात्रु घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ मा सोमबार बिहान भएको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जना नेपाली तथा सात जना भारतीय नागरिक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले जनाएको छ। काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर…