अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिए । शनिबार लागेको आगोले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उनिलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ । “घर एक्कैछिनमा खरानी भयो । गाँसबासको टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने”, आँशु झार्दै मल्लले भने। स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै…