८ चैत्र २०८१, शनिबार । March 22, 2025

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु



रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।

जिल्लाको भूमे गाउँपालिका – ४ मा मंगलबार दिउँसो सवा ३ बजेतिर ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरी हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार उनीहरूको हत्या छिमेकी ५१ वर्षीय चन्द्रसिंह पुनले गरेका थिए।

प्रहरीका अनुसार हत्या गरेर भागेका व्यक्तिको भिरबाट लडेर त्यही खुकुरीले लाग्दा मृत्यु भएको छ। खुलखुले खोलामा मृत अवस्थामा फेला परेको पुनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको थियो।

पुनले नाबालक र उनकी हजुरआमाको हत्या किन गरे भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४