३ आश्विन २०८३, शनिबार । September 19, 2026

गुल्मीबाट प्यूठान गौमुखी जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते


२९ पुस २०८१, सोमबार  

318
Shares

गुल्मी । गुल्मी र प्युठान जिल्लाको सिमाना अग्लुङ्ग फेदीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

मालिका गाउँपालिका ८, सिमलटारीदेखि प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार जीपमा १२ जना सवार रहेका थिए । जीपमा सवार सबै १२ जनानै घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालहरुमा उपचारका लागि पठाइएको छ । जीपमा सवार सबै माघे संक्रान्तीका दिन धार्मिक स्थल गौमुखीमा दर्शन र मेला अवलोकनका लागि जाँदै थिए । सवारी चालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। जीप सडकदेखि १० देखि १५ मिटर तल खसेको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ