झापा । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए…