५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

अन्तरजातीय विवाह गरेका २८ दम्पतीलाई नगदसहित सम्मान

म्याग्दी (बेनी) । पर्वत जिल्लाको जलजला गाउँपालिकाले ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ का अवसरमा अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित विशेष कार्यक्रमका क्रममा हरेक अन्तरजातीय विवाह गरेका दम्पतीलाई नगद रु. पाँच हजारका साथ सम्मान गरिएको हो। यस कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख…