४ असार २०८३, बिहिबार । June 19, 2026

बागलुङमा जीप दुर्घटना, २ जनाको मृत्यु ५ घाइते


१२ फाल्गुन २०८१, सोमबार  

60
Shares

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका ९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेल रहेका छन् ।

यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका ९ बस्‍ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड ९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड ९ खहरे बस्‍ने ३० वर्षीया सिता पौडेल र बडिगाड ९ खहरे बस्‍ने हिमाल घर्ती मगर (चालक) रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा