काठमाडौं । टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको रिहाइलाई लिएर राजनीतिक बृतमा खैलाबैला मच्चिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नै चौधरीको रिहाइलाई लिएर सरकारको विरोध गरेका छन् । गगनले चौधरीलाई आममाफि दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै…