काठमाडौं । युद्धग्रस्त इजरायलमा बम आक्रमणमा परी मृत्यु भएका नेपालीका लागि सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् । साथै मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र नेपाल आउन चाहने नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गर्ने निर्णय…