काठमाडौं । रोल्पा प्रदेश सभा (२) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । गएको मङ्सिर ४ गते सम्पन्न चुनावमा उनी माओवादीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए । लुम्बिनी प्रदेश सभामा भारी मतले विजयी भएका मगरले पार्टी छाडेकोमा आत्मालोचना गर्दै फेरि माओवादी…