३ आश्विन २०८३, शनिबार । September 19, 2026

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ…