५ पुस २०८२, शनिबार । December 21, 2025

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले आज राजनीतिक भेटघाट गर्ने भएका छन्। सुदूरपश्चिम प्रदेशमा सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन आइतबार चौथाइवाले सडकमार्ग हुँदै आज धनगढी पुगेका हुन्। चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र आज नै काठमाडौं आएर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।