काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। पौडेलले भने, रबि लामिछानेविरुद्ध रिट दायर भएको छ। युवराज सफलले रिट दर्ता गराउनुभएको हो।’ रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन…