४ आश्विन २०८३, आइतबार । September 20, 2026

अध्यादेश प्रमाणीकरण नगरिदिन राष्ट्रपतिलाई पूर्व सुरक्षाकर्मीको पत्र


२९ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद्ले सरकारले ल्याएको फौजदारी संहिता संशोधन अध्यादेशप्रति आपत्ति जनाएको छ ।

सत्ता टिकाउने र सरकार बनाउने स्वार्थका लागि ल्याइएको अध्यादेशले आफूहरूको मात्र नभई बहालवाला सुरक्षाकर्मीको समेत मनोबल गिराउने उसले बताएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्रमा परिषदले अध्यादेश प्रमाणीकरण नगरिदिन आग्रह गरेको छ । परिषदले राज्यले खटाएको जिम्मेवारी पूरा गर्दै देश र जनताको जीउधनको सुरक्षाका सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा निर्ममतापूर्वक प्रहरी मारिएको घटनामा अदालतले समेत दोषी ठहर गरी कैद भोगिरहेकाको मुक्तिका लागि अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ ।

द्वन्द्वकालीन घटनाका मुद्दा समेतले यसै अध्यादेशमा टेकी उन्मुक्ति पाउने र दण्डहीनताले प्रश्रय पाउने भन्दै परिषदले विधेयक प्रमाणीकरण नगरिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली