काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज हुँदैछ । संसद सचिवालयले बिहीबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाउन लागेको हो । नवनिर्वाचित सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जवराले शपथ खुवाउनेछन् । जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् । शपथ ग्रहण गर्ने प्रत्यक्षतर्फका १६५ र समानुपातिकका १०९ गरी २७४ प्रतिनिधिसभा…