कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । लुम्बिनीलाई ७ विकेटले हराउँदै बागमती कांस्य जित्न सफल भएको हो । कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा टस जित्दै फिल्डिङ रोजेको बाग्मतीले लुम्बिनीलाई निर्धारित २० ओभरमा ८७ रनमा रोक्यो । लुम्बिनीले दिएको ८८ रनको लक्ष्य १६ दशमलव १ ओभरमा ३…