५ पुस २०८२, शनिबार । December 20, 2025

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

बागलुङ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन्…