धनगढी । धनगढी उपमहानगरपालिकाले लक्ष्मी नारायण मन्दिरका संरचनामाथि डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार सडकको क्षेत्राधिकार भित्र पर्ने लक्ष्मी नारायण मन्दिरका संरचनामा उपमहानगरपालिकाले डोजर चलाएको हो । शनिबार बिहानैदेखि उपमहानगरपालिकाले दुई वटा डोजर प्रयोग गरेर ती संरचना भत्काएको हो । उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई दायाँबायाँ १५–१५…