काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । मन्त्रालय अन्तर्गतको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो । मन्त्रालयले मंगलबार सार्वजनिक सूचना प्रकाशन गरी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौं तहका स्टाफ नर्स सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई…