५ असार २०८३, शुक्रबार । June 19, 2026

मौलाकाली केबलकार सञ्चालनमा, एकैदिन ४५ सय बढीले लिए सेवा


१ बैशाख २०८०, शुक्रबार  

21
Shares

नवलपुर । नवलपुरको गैँडाकोटमा बैशाख १ गते शुक्रबार देखि सञ्चालनमा आएको मौलाकालीका केबलकारबाट ४५ सय बढी दर्शनार्थीले सेवा लिएका छन् ।

नयाँवर्षको अवसर पारेर शुक्रबार विहानदेखि केबलकारको सेवा सुरु भएको थियो । केबलकार सञ्चालनमा आएसंगै अब मौलाकालीका मन्दीरमा ५ मिनेटमै पुगिने भएको छ । केबलकार व्यवस्थापन समितिका अनुसार हरेकदिन विहान ६ वजेदेखिनै केबलकार सर्वसाधरणका लागि खुल्ला रहने र यात्रुको चापको आधारमा बन्द गरिने जनाइएको छ ।

नयाँ बर्षको अवसरमा शुक्रबार बिहान ६ वजेदेखि सञ्चालनमा आएको केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं.६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।

नयाँ बर्ष र केबलकार उद्घाटनको अवसर पारेर शुक्रबार आउने र जाने दुवैतर्फको भाडा रु. ५ सय ५० तय गरिएको थियो । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३ सय ३०, विद्यार्थीहरुको लागि रु ४ सय १५ जेष्ठ नागरिकहरुको लागि रु ४ सय १५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २ सय ७५ को टिकट दर रहेको छ ।

त्यसैगरी मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि बैशाख १ गतेदेखि नै केबलकार सञ्चालनमा आएको भएपनि औपचारिक उद्घाटन भने भएको छैन् । १ हजार २ सय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रुबोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ ।

एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रुले यात्रा गर्न सक्नेछन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा