काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएक हुन । केन्द्रिय निर्वाचन आचारसंहीता अनुगमन समितिका संयोजकसमेत रहेका भण्डारीले आचारसंहीता उल्लंघनको प्रमाण भेटिएमा…