एजेन्सी । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा शुक्रबार भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले समान एक एक गोल गरे । दुबै गोल खेलको दोस्रो हाफको…