काठमाडौं । मंगलबार नियूक्त भएका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको शपथग्रहण बुधबार(आज) हुने भएको छ । नवनियूक्त मन्त्रिहरुको शपथ बुधबार बिहान ९ः५० मा हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए…