म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा तयारी तीव्र पारिएको छ । चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । “प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वस्तिक छाप, मसीलगायत मतदान…