४ असार २०८३, बिहिबार । June 18, 2026

एसीसी महिला क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित


३० जेष्ठ २०८०, मंगलबार  

9
Shares

एजेन्सी । एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ ।

हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो । नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन् । उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन् ।

त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान ‘ए’ की सईदा शाह र तुवा हसनले समान दुई/दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान ‘ए’ ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो ।

उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् । त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् । बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई/दुई विकेट लिए । यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।

भिसा समस्याका कारण थाइल्यान्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको थियोे । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा विभिन्न आठ राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् ।

समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंका ‘ए’ रहेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ ३२ गते भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा