काठमाडौं । राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आज सरकारी कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ…