काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खेलाडीलाई अवसर खोज्दै विदेश पलायन नहुनका लागि खेलाडी समक्ष आग्रह गरेका छन् । एक महिनापछि आयोजना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद् भएको र आगामी वर्ष देखी…