ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो । सो…