२ असार २०८२, सोमबार । June 16, 2025

वैशाख १९ गते बुधबार दिनभर के–के भयो ?

विश्वकप खेल्ने टोली घोषणा ! तेस्रो खेलमा हार्‍यो नेपाल ! प्रचण्डमाथि बाबुरामको गम्भिर आरोप ! अर्थतन्त्र लयमा फर्किएको दाबी…



विश्वकप खेल्ने टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् । त्यस्तै, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

तेस्रो खेलमा पनि हार्‍यो नेपाल
नेपाल तेस्रो टी–२० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । वेस्टइन्डिजले दिएको दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ ओभरमा १ सय ५१ बनाउँदै अलआउन हुन पुग्यो । नेपालका लागि लोकेश बमले २९ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २८ रन बनाएका थिए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाएका थिए । विनोद भण्डारीले १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुल्शन झा ६, विवेक यादव ३ र दिपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएका थिए ।

प्रचण्डमाथि बाबुरामको गम्भिर आरोप
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण अघि बढाउन नसकिएको उनको जिकिर थियो ।

अर्थतन्त्र लयमा फर्किएको दाबी
अर्थमन्त्री बर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक बर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको समेत उनको दाबी छ ।

पशुपतिमा विद्युतीय शवदाह साउन १ देखि निःशुल्क
पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेको बताएका छन् । अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५ सय शुल्क लाग्ने गरेको छ ।

संसदको बजेट अधिवेशन बोलाउने तयारी
सरकारले संघीय संसद्को बजेट अधिवेशन बैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री मदम गिरीले संसद्को आगामी बजेट अधिवेशन बैशाख २५ बाट बालाउने तयारी गरिएको जानकारी दिएका हुन् । मन्त्री गिरीले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको समेत बताएका छन् ।

समृद्धि हासिल गर्न तिनै तहका सरकारको सहकार्य अनिवार्य
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ साधारणसभाको उद्घाटन गर्दै उनले विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच तालमेल हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘लिटिल मिस एन्जल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ को छैठौं संस्करणको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक