२५ श्रावण २०८३, सोमबार । August 10, 2026

गण्डकी सरकारः मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा

कास्की । विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् । प्रदेशसभामा ६० सांसद छन् । यसका लागि बहुमत पुग्न ३१ सिट चाहिने भएपनि उनले ३० मतलाई नै बहुमत घोषणा गरिदिएपछि कांग्रेसले बैठकमै नाराबाजी गर्दै सभामुखलाई कालोझण्डा देखाएको छ…