७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

गण्डकी प्रदेशः विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिइएको छ ।

गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त विवादको सुनुवाइ यही वैशाख २७ गते हुने तय भएको छ ।

विश्वासको मत लिँदा प्रदेशसभाको बहुमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको रिट निवेदनमा छ । उक्त प्रदेशसभामा ६० सदस्य रहेकोमा ३० मत मुख्यमन्त्री अधिकारीले पाएका पाएका थिए ।

बहुमत पुग्नका लागि ३१ मत हुनुपर्ने रिट निवेदनमा दाबी गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा

प्रधानमन्त्री ओली अस्वस्थ, संसद्को प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण आज

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर