एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोकप फूटबल प्रतियोगिताको इतिहासमै सर्वाधिक एसिस्ट (गोलका लागि अन्तिम सहयोग) गर्ने खेलाडी बनेका छन् । जर्मनीमा जारी युरोकपअन्तर्गत शनिवार राति टर्कीविरुद्धको खेलमा १ एसिस्ट गरेसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले पोर्चुगलका लागि तेस्रो गोल गरेका थिए । अब रोनाल्डोको नाममा ८ एसिस्ट भएको छ…