काठमाडौं । यतिबेला काठमाडौं उपत्यकामा भारी बर्षा भइरहेको छ । काठमाडौंको कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा भारी बर्षा भइरहेकाले बाग्मती, धोबीखोला र विष्णुमती नदीमा पानिको बहाव बढेको छ । विभागका अनुसार पछिल्लो ६ घण्टामा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ ।…