काठमाडौं । भारतको केरलमा पहिरोमा परेर एकजना नेपालीसहित ३६ जनाको मृत्यु भएको छ । वायानड जिल्लामा पहिरो जाँदा नेपाली एक वर्षीय बालकसहित ३६ जनाको मृत्यु भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा ज्यान गुमाउनु हुनेको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।