२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

बुधबार ६४ अंकले बढ्यो नेप्से , कारोबार रकममा नयाँ रेडर्क


१६ श्रावण २०८१, बुधबार  

51
Shares

काठमाडौं । बुधबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिभिल बैंक डिबेन्चर २०८८ को शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको