एजेन्सी । यूईएफए नेसन्स लिगमा पोल्यान्डमाथि फराकिलो जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एकरएक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए…