काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्स चितवन राइनोजसँग पराजित भएको छ । रोमाञ्चक खेलमा जनकपुर चितवनसँग ३२ रनले पराजित भएको हो । जितसँगै तेस्रो स्थानमा उक्लिएको चितवन प्ले अफ नजिक पुगेको छ । चितवनले दिएको १ सय ८१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुरले १८ ओभरमा अलआउट…