एजेन्सी । भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित भएको छ। एकजना चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनको दबाबका कारण पश्चिम बङ्गाल सरकारले मङ्गलवार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित गरेको हो। गत अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि…