२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

टेक्सास बाढी : ४३ को ज्यान गयो, दर्जनौँ बालबालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म ४३ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ, जसमा १५ बालबालिका पनि रहेका छन्। बेपत्ता भएकाहरूको खोजीमा सयौँ उद्धारकर्मी खटिएका छन्। केयर काउन्टीका सेरिफ ल्यारी लेइथाले "जबसम्म सबै बेपत्ता व्यक्ति फेला पर्दैनन्, खोजी कार्य रोकिने छैन" भन्ने प्रतिबद्धता व्यक्त गरेका…