काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ६६ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार पनि यथावत कायम भएको हो । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।