काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सको सबै उडानमा रोक लगाएको छ । कर्मचारीलाई समयमा तलब दिन नसकेको बताउँदै प्राधिकरणले उडान बन्द गराएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार क्याबिन क्रुलाई तलब दिन नसक्दा उडानमा पनि प्रत्यक्ष असर पर्ने हुँदा उडान सुरक्षालाई मध्यनजर गर्दै सेवा बन्द गराइएको हो । ‘संस्थामा अहिले आर्थिक…