६ आश्विन २०८३, मंगलबार । September 22, 2026

बालकृष्ण खाणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ


२७ बैशाख २०८०, बुधबार  

6
Shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बुधवार बिहान खाणसँगै केसीलाइ पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ ।

सार्वजनिक अडियोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रकरणलाई सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ ।

यसै प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पुर्जी जारी भएपछि २० बैशाखदेखि फरार छन् । उनका छोरा सन्दीपसहित १० जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा